aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सबैको लघुवित्तको आइपीओ बाँडफाँट अनिश्चित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
सबैको लघुवित्तको आइपीओ बाँडफाँट अनिश्चित

काठमाडाैं । आज बाँडफाँट हुने भनिएकाे सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट अनिश्चित भएको छ । आज बिहीबार बिहान बाँडफाँट गर्ने तयारी गरिएपनि प्राविधिक कारण बाँडफाँट अनिश्चित भएको हो ।

आस्वा नविकरण नगरेका बैंकहरुबाट आएको आवेदन के गर्ने भन्ने टुंगो नलागेपछि आइपीओ बाँडफाँट पर सरेको हो । यस विषयमा सीडीएससीसँग छलफल भइरहेको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । अनिमात्र आइपीओ बाँडफाँट गरिने भएको छ ।

सबैको लघुवित्तको आइपीओमा ३ लाख ५ हजार ७७६ जना लगानीकर्ताले कुल ५७ लाख २५ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । सबैको लघुवित्तले गत साउन १ गतेदेखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ०.५% (८ हजार २५० कित्ता) कम्पनीका कर्मचारी र ५% (२६ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री गरिएको हो ।

कम्पनीले आइपीओबाट जम्मा भएको रकममध्ये २ करोड ५० लाख रुपैयाँ कृषि तथा पशुपालन, १ करोड ८० लाख रुपैयाँ खुद्रा व्यापार र १ करोड रुपैयाँ घरेलु उद्योग कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस