
काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकले शुक्रवार माघ ७ गते देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१.५ अनुपातमा एक सय अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
यस हकप्रद शेयरमा आवेदकले माघ २७ गते सम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस २६ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस २५ गते सम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै मेरो शेयरबाट हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पूँजी रू. २० करोड रहेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको पूँजी रू. ५० करोड पूग्नेछ ।
प्रतिक्रिया दिनुहोस