aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

विद्युत विक्री आम्दानीमा वृद्धि भएसँगै बरुण हाइड्रोपावरको नाफा १३२ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ माघ २०७८
विद्युत विक्री आम्दानीमा वृद्धि भएसँगै बरुण हाइड्रोपावरको नाफा १३२ प्रतिशत बढ्यो

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा १३२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ८७ लाख ९३ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ करोड ४ लाख ३८ हजार पुगेको हो ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले विद्युत विक्री बापत रू. ३ करोड ५८ लाख ३१ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ६८ लाख ८९ हजार पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू.२६ करोड ७९ लाख रहेको छ भने जगेडामा रू. २ करोड ५४ लाख ६३ हजार सञ्चित गरेको छ । 

त्यसैगरी चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव ९५(वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३० दशमलव ४० गुणा र प्रतिशेयर नेटवर्थ रू.१०९ दशलमव ५० रहेको छ । यस त्रैमासमा कम्पनीको हेवा खोला जलविद्युत आयोजना पूर्ण रुपमा संञ्चालन भएको कम्पनीले जानकराी गराएको छ । 
 

प्रतिक्रिया दिनुहोस