aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

फरवार्ड माइक्रोफाइनान्सको ७ प्रतिशत नगद लाभांश वितरण शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ माघ २०७८
फरवार्ड माइक्रोफाइनान्सको ७ प्रतिशत नगद लाभांश वितरण शुरु

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश माघ ९ गते आइतवारदेखि वितरण गर्न सुरु गरेको छ । कम्पनीले पुस १४ गतेसम्म कायम शेयरधनीहरुको बैंक खातामै कर समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको हो ।

कम्पनीको पुुस ३० गतेसम्पन्न नवौं वार्षिक साधारण सभाबाट गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३५ प्रतिशत बोनस शेयर र कर समेत ७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । 

बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात वितरण गर्ने जानकारी दिएको कम्पनीले नगद लाभांश भने सम्बन्धीत शेयरधनीहरुको बैंक खातामै जम्मा गर्ने बताएको हो । यसर्थ हालसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगरेका सदस्यहरुलाई यथासिघ्र गराई आफ्नो नगद लाभांश प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  

प्रतिक्रिया दिनुहोस