काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ७७ लाख ७५ हजार नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २५ प्रतिशत वृद्धि भएको हो ।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड १ लाख नाफा कमाएको थियो ।चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १२ करोड १६ लाख २८ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १३ करोड ६५ लाख ७६ हजार पुगेको हो ।
त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू.८० करोड रहेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.९ दशमलव ४४ र प्रतिशेयर नेटवर्थ रू.७१ दशलमव ८० रहेको छ ।
प्रतिक्रिया दिनुहोस