aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ज्योति लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, बोनस शेयर बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ माघ २०७८
ज्योति लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, बोनस शेयर बढ्यो

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । माघ ७ गते बसेको सञ्चालक समितीको बैठकले लाभांश संशोधन गरी १० प्रतिशत बोनस शेयर र शून्य शमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।    

कम्पनीले बीमा समितीको निर्देशन अनुसार यस अघिको प्रस्तावित लाभांश संशोधन गरेको हो । यसभन्दा अगाडि कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर ससहित वितरण गर्ने प्रस्ताव गरेको थियो । यसआधारमा कम्पनीको बोनस शेयर बढेको छ । 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल धितोपत्रबोर्डबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । १० प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४२ करोड पुग्नेछ ।   
 

प्रतिक्रिया दिनुहोस