aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सबैको लघुवित्तको आइपीओ बाँडफाँट मिति बल्ल टुंङ्गियाे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
सबैको लघुवित्तको आइपीओ बाँडफाँट मिति बल्ल टुंङ्गियाे

काठमाडौं । प्राविधिक समस्याका कारण बिहीबार बाँडफाँट हुन नसकेको सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । विहान बिहान १० बजे एनआइबीएल एस क्यापिटलको कार्यालय, लाजिम्पाटमा बाँडफाँटको कार्यक्रम गरिने एनआइबीएल क्यापिटलले जनाएको  । 

यस आइपीओमा ३ लाख ५ हजार ७७६ जना लगानीकर्ताले कुल ५७ लाख २५ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले साउन १ गतेदेखि ५ गतेसम्म कुल ५ लाख ३० हजार कित्तामध्य सर्वसाधारणका लागि ४ लाख ९५ हजार २५० कित्ता शेयर विक्री गरेको हो । आस्वा सदस्यता नविकरण नगरेका केही बैंकहरुमा प्राप्त भएको आवेदन सदर गर्ने की बदर गर्ने भन्ने विषयमा अन्योल भएपछि बिहीबार बाँडफाँट हुन सकेको थिएन ।
 

प्रतिक्रिया दिनुहोस