aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सेन्ट्रल फाईनान्सले मंगलवारदेखि वितरण गर्न सुरु गर्याे नगद लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ माघ २०७८
सेन्ट्रल फाईनान्सले मंगलवारदेखि वितरण गर्न सुरु गर्याे नगद लाभांश

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले मंगलवारदेखि नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गर्ने गरी पारित गरेको ३ दशमलव ३० प्रतिशत नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको बैंक खातामा वितरण गर्न सुरु गरेको हो । उक्त नगद लाभांश कम्पनीको पुस ३० गते सम्पन्न २५ औं वार्षिक साधारण सभाले पारित गरेको थियो ।

उक्त सभाले नगद लाभांशसँगै ७ दशमलव ७० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव समेत पारित गरेको थियो । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिनेछ । नगद लाभांश प्राप्त गर्नका लागि भने हितग्राही खातामा बैंक खाता अनिवार्य अद्यावधिक गर्नुपर्ने भएकाले हालसम्म नगरेका लगानीकर्ताहरुलाई यथासिघ्र गर्न कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस