aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एशियन लाईफको २७ प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ माघ २०७८
एशियन लाईफको २७ प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलवार अन्तिम दिन

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको २७ प्रतिशत लाभांश सुरक्षित गर्ने माघ ११ गते मंगलवार अन्तिम दिन रहेको छ । कम्पनीले यस वर्ष २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २ प्रतिशत नगद लाभांश गरी कुल २७ प्रतिशत लाभांश वितरणको तयारी गरेको हो ।  

उक्त लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले माघ २१ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते एक दिन बुक क्लोज गर्ने भएकाले माघ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन । 

कम्पनीले आर्थिक वर्ष ०७६/७७ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो । बोनस पश्चात चुक्तापूँजी बृद्धि हुने हुदाँ सोही बमोजिमको पूँजी बृद्धि गर्ने प्रस्तावलाई पनि सभाले स्वीकृति प्रदान गर्नेछ ।  यस कम्पनीको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लिमिटेडमा सामूहिक लगानी कोष सञ्चालन गर्न नियामक निकायसँग स्वीकृति लिने र सोको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस