aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लाभांश सुरक्षित गर्ने अन्तिम दिन एशियन लाईफको शेयरमूल्य १७ रूपैयाँले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ माघ २०७८
लाभांश सुरक्षित गर्ने अन्तिम दिन एशियन लाईफको शेयरमूल्य १७ रूपैयाँले बढ्यो

काठमाडौं । लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार एशियन लाईफ इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता रू. १७ ले बढेको छ । यस दिन अघिल्लो कारोबार दिनको भन्दा कम्पनीको शेयरमुल्य १ दशमलव ३० प्रतिशत बढेर  अन्तिम मूल्य रू. १ हजार ३२२ पुगेको हो । 

लाभांश सुरक्षित गर्ने अन्तिम दिन कम्पनीको रू. २६ करोड ९४ लाख ५१ हजार बराबरको २ लाख २ हजार ७५८ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो दिन कम्पनीको रू. ८ करोड ७८ लाख ४४ हजार बराबरको ६६ हजार ९२९ कित्ता शेयर कारोबार भएको थियो ।

यस कम्पनीले आर्थिक वर्ष ०७६÷७७ को मुनाफाबाट कुल २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले यस वर्ष २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २ प्रतिशत नगद लाभांश गरी कुल २७ प्रतिशत लाभांश वितरणको तयारी गरेको हो । 

उक्त लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले माघ २१ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते एक दिन बुक क्लोज गर्ने भएकाले माघ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो । बोनस पश्चात चुक्तापूँजी बृद्धि हुने हुदाँ सोही बमोजिमको पूँजी बृद्धि गर्ने प्रस्तावलाई पनि सभाले स्वीकृति प्रदान गर्नेछ । यस कम्पनीको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लिमिटेडमा सामूहिक लगानी कोष सञ्चालन गर्न नियामक निकायसँग स्वीकृति लिने र सोको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस