
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक तर्फको अवितरित ९० हजार ५७१ कित्ता हकप्रद शेयर दोस्रो पटक लिलामीका लागि आवेदन खुलाएको हो । यस अघि असार ५ देखि १२ गतेसम्म अवितरित हकप्रद शेयर लिलामीका विक्री खुला गर्दा उक्त शेयर विक्री नभएपछि पुन आवेदन खुलाएको थियो । पहिलो पटकको लिलामीमा संस्थापकहरुले मात्र आवेदन गर्नुपर्ने व्यवस्था रहेपनि यस पटक भने इच्छुक जो कोहीले पनि खरिद गर्न सक्ने गरी लिलामीमा आएको हो ।
यस शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । न्यूनतम १ हजार कित्ता र सो भन्दा बढीका लागि १० अंकले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । प्राप्त बोलपत्र साउन १२ गते विहान गुराँस लाइफको केन्द्रिय कार्यालय तिनकुनेमा खोलिनेछ ।
प्रतिक्रिया दिनुहोस