aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कालिका लघुवित्तले ६ महिनामा कमायो ८ करोडभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ माघ २०७८
कालिका लघुवित्तले ६ महिनामा कमायो ८ करोडभन्दा बढी नाफा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ८ करोड ४० लाखभन्दा बढी खुद नाफा भएको छ । बुधवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३ गुणा बढी भएको छ ।

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ७५ लाखभन्दा बढी खुद नाफा गरेको थियो । कम्पनीको सञ्चालन नाफा गत वर्षभन्दा ६ दशमलव ६५ गुणा बढी भएको छ । गत वर्ष रू. ९५ लाख ७५ हजार रहेको सञ्चालन नाफा यस वर्ष रू. ६ करोड ३७ लाखभन्दा बढी रहेको छ । गत वर्षको भन्दा यस वर्ष सम्भावित जोखिम शिर्षकमा कम रकम छुट्याएकाले सञ्चालन नाफामा उल्लेख्य बृद्धि भएको हो ।

कम्पनीले गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ६ करोड ९३ लाखभन्दा बढी छुट्याएको कम्पनीले यस वर्ष रू. ३ करोड ४३ लाखभन्दा बढी मात्र छुट्याएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २७ करोड ६८ लाखभन्दा बढी छ । जगेडा कोष रकम पनि गत वर्षभन्दा २६ दशमलव ५९ प्रतिशत बढेर रू. २२ करोडभन्दा बढी कायम भएको छ ।

गत वर्षभन्दा १९ प्रतिशत बढी रू. १ अर्ब ३४ करोड ५१ लाख निक्षेप संकलन गरेको कम्पनीले ३२ दशमलव ९७ प्रतिशत बढी रू. ३ अर्ब ५३ करोड ४५ लाख कर्जा प्रवाह गरेको छ । गत वर्ष ४ दशमलव ६६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ८७ प्रतिशतमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ६० दशमलव ७४ र प्रतिशेयर नेटवर्थ रू. १७९ दशमलव ७२ छ ।
 

प्रतिक्रिया दिनुहोस