
काठमाडौं । च्याउ उत्पादक किसान संघ नेपालले भारत लगाएत विभिन्न देशबाट नेपाल भित्र्याउने च्याउ रोक्न माग गरेको छ । विदेशबाट आयात गरिएको च्याउमा नसढ्ने क्यामिकलहरू च्याऊमा प्रयोग गरी विषादीयुक्त वनाई अवैधरुपमा च्याउ नेपाली बजारमा पठाईरहेले उक्त च्याउ रोक्न संघले सरकारसंग माग गरेको हो ।
च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीद्वारा जारी विज्ञप्तीमा भनिएको छ कोरोना कहरका विचमा नेपाली च्याउलाई विस्तापित गर्ने हेतुले आयात भैरहेको भारतीय अवैध च्याउ विषाक्त छ।च्याऊ एक ढुसी जन्य पोषण युक्त परिकार हो।
लामो समय सम्म टिकाउन ढुवानी गर्दा उत्पादित वस्तु जोगाउन गार्हो हुने हुनाले वस्तु नसक्ने क्यामिकलहरू राखेर जहाँतहीँ ढुवानी गर्ने गरिन्छ। यसो गर्दा दैनिक उपभोग्य सुपरफुड विषाक्त भै सेवन योग्य नहुने हुनाले विदेशी च्याऊ रोक्न विज्ञप्ति मार्फत सरोकारवाला सवैलाई ध्यानाकर्षण गराउँदै सरकारलाई भन्सार विन्दुमा नै रोक्न समेत माग गरेको छ ।
च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश समितिका अध्यक्ष विजय ज्ञवालीका अनुसार विश्व वजारमा सवै दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि भैरहेको वेलामा च्याऊ आनुपातिक हिसावले वढेको छैन। घाटा फाईदाको सरोकार नरीखी अनगिन्ती कामदार कर्मचारीहरूलाई रोजगार दिएर उद्योग टेकाउन चलाइरहेका छन् ।
अनाधिकृत रुपमा देश वाहिरवाट नेपाल भित्रीने च्याउ नेपालमा भित्रीन नदिन ७ वटै प्रदेशका प्रदेश च्याऊ संघ तथा जिल्ला स्थित च्याऊ सघंहरूले सकरात्मक कुराको थालनी भन्दै ऐक्यबद्धता जनाईरहेका छन् ।
च्याऊ उत्पादक किसान संघ नेपालको केन्द्रीय टोलीले प्यालन्ट क्यावरेन्टाईन कार्यालय र भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ ।
च्याउ उत्पादक किसान संघ नेपालले हाल नेपाली गोलो च्याउको समर्थन मूल्य प्रतिकेजी ३०० रहेको भन्दै त्यसको आधारमा भारतीय च्याउलाई भन्सार लगाइनु पर्नेमा न्युन मुल्य राखि भन्सार नेपालमा आयात भैरहेको भन्दै जसको कारण नेपाली च्याउ उत्पापदक किसान मारामा परेको बताईएको छ ।
ज्ञापन पत्रमा च्याउको गुणस्तर प्रमाणीकरण नगरिकन भारतबाट नेपालमा च्याउ भित्र्याइएको भन्दै च्याउ ढुसीजन्य वस्तु भएकाले भारतबाट नेपाल भित्रयाउन रोक लगाउनु पर्ने उल्लेख छ ।
नेपाली किसानको कच्चा पदार्थहरुको उपयोग भइरहेकोमा परालहरु डढाएर सकिने अवस्था रहेको भन्दै देशमा बेरोजगारीको समस्या थपिने तर्फ सरकारले विशेष ख्याल गर्नुपर्ने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस