aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सर्वाेत्तम सिमेन्टको साधारणसभा सम्पन्न,६० लाख कित्ता सेयर निष्काशन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ माघ २०७८
सर्वाेत्तम सिमेन्टको साधारणसभा सम्पन्न,६० लाख कित्ता सेयर निष्काशन गर्ने

काठमाडौं । सर्वाेत्तम सिमेन्टको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साभारणसभाको बैठकले लेखा परीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने निर्णय गरेको छ ।  

साथै बैठकले विशेष प्रस्तावहरुअन्तर्गत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन ६० लाख कित्ता सेयर निष्काशन बुक विल्डिङ विधिबाट गर्ने निर्णय गरेको छ । त्यस्तै , धादिङको रोरांग गाँउपालिकाको कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन् गर्न १५ करोड १ लाख मात्र रुपैयाँमा खानी खरिद गर्ने सञ्चालक समितिको निर्णयलाई पनि वार्षिक साधारणसभाले अनुमोदन जनाएको छ । 

त्यस्तै आव २०७७/२०७८ को लागि सञ्चालक समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षकमा सुवास एण्ड कम्पनी चार्टर्ड एकाउन्टेण्टस्लाई नियुक्त गर्ने निर्णय पनि सभाले गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस