
काठमाडौं । जनगणना २०७८ अनुसार २१ लाख ६९ हजार ४ सय ७८ जना नेपाली परिवार विदेशमा रहेको देखाएको छ । जसमा १७ लाख ६३ हजार ३१५ जना पुरुष र ४ लाख ६ हजार १६३ जना महिला रहेका छन् ।
२०६८ सालको जनगणनामा १९ लाख २१ हजार ४९४ जना नेपाली अक्सर विदेशमा रहेन गरेका थिए भने जसमा १६ लाख ८४ हजार २९ जना परुष र २ लाख ३७ हजार ४०० महिला थिए । २०७८ सालसम्ममा आउँदा विदेश जाने महिलाहरुको संख्या ७१.९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी विदेश जाने जिल्लामा काठमाडौं रहेको छ । त्यस्तै सबैभन्दा कम नेपाली विदेश गएका जिल्लाहरुमा मनाङ, डोल्पा, मुगु र मुस्ताङ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस