
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा फागुन ६ गते गर्ने भएको छ । सभा वाटर रिसोेर्ट लेकसाइड पोखरा १८ कास्कीमा बिहान ११ बजे शुरु गर्ने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
त्यसैगरी सभाले २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुत्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । त्यसैगरी कम्पनीले आव २०७६/७७ मा काभिड १९ पिडितको उपचारको लागि सहयोग स्वरुप नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बावतको रकम रू. ७ लाख ५० हजारलाई कम्पनी ऐन बमोजिम अनुमोदन गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २३ गते बुक क्लोज गरेको छ । यस आधारमा माघ २३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस