aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कालिन्चोक दर्शनले आईपीओ निष्काशन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ माघ २०७८
कालिन्चोक दर्शनले आईपीओ निष्काशन गर्ने

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । काठमाडौंको गौशलामा कार्यालय रहेको यस कम्पनीले १२ लाख कित्ता (आयोजना प्रभावित क्षेत्र सहित) आईपीओ निष्काशन गर्ने भएको हो । 

आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ । उक्त कार्यको लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीका सम्झौता गरेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस