aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अभियान लघुवित्तले आईपीओ निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ माघ २०७८
अभियान लघुवित्तले आईपीओ निष्कासन गर्ने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाल सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । साधारण शेयर निष्कासन सम्बन्धी सम्झौता—पत्रमा बिहीवार कम्पनीका तर्फबाट कामु प्रमुखकार्यकारी अधिकृत रोशनकुमार अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । 

प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्कासन गर्नका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । हाल कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ, जारी पूँजी २५ करोड रुपैयाँ र चुक्तापूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्कासन गरी बाँडफाँट गरेपछि चुक्तापूँजी २५ करोड रुपैयाँ हुनेछ । गत कात्तिकमा सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट  २०७६ साल असोज १ गते वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी २०७६ साल मंसिर १ गतेदेखि वित्तीय कारोबार गर्दै आएको छ । काभ्रेको पनौतीमा  केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले हाल मुलुकभर ६० ओटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस