aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एनएलजी इन्स्योरेन्सद्धारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ माघ २०७८
एनएलजी इन्स्योरेन्सद्धारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्ष कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २० करोड ६० लाख १३ हजार रहेको छ । सोही पूँजीको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीको माघ १३ गते बसेको सञ्चालन समितिको बैठकले गरेको हो । 

सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस