
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले फागुन ६ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ १३ गतेको सञ्चालक समितिको बैठकले युनाइटेड वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर,काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णग यरेको हो ।
कोभिड जोखिमका विच कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको हो । कम्पनीले यस वर्ष लाभांश प्रस्ताव भने गरेको छैन् । २०७७ साल असार २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणलाई आईपीओ विक्री गरी साउन ४ गते आईपीओ बाँडफाँट गरेको कम्पनीले पहिलो वर्ष लगानीकर्ताहरुको हात खाली बनाएको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको अघिल्लो काराबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस