aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको नाफा १४८ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ माघ २०७८
आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको नाफा १४८ प्रतिशतले बढ्यो

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४८ प्रतिशत वृद्धि भएको छ ।  

कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ४८ लाख रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३ करोड ६८ लाख पुगेको हो ।चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १२ लाख २३ हजार खराब कर्जा उठाउन सफल भएकाले,खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । 

कम्पनीको चुक्ता पूँजी रू. १७ करोड ५० लाख रहेको छ भने जगेडा रू. १५ करोड ४८ लाख सञ्चित गरेको हो ।चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीलेृ रू. २ अर्ब १३ करोड सापटि लिएर रू. ७२ करोड ९८ लाख निक्षेप संकलन गरेर रू. ३ अर्ब २ करोड कर्जा लगानी गरेको हो । साथै कम्पनीले आइपीओ निष्कासन गर्ने तयारीमा पनि रहेको छ । 

कम्पनीले ८ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आइपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाइसकेको छ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस