aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

निसान गाडीले निकै सस्तो सानो साइजको इलेक्ट्रिक कार ल्याउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ माघ २०७८
निसान गाडीले निकै सस्तो सानो साइजको इलेक्ट्रिक कार ल्याउँदै

एजेन्सी। निसानले नयाँ कम्प्याक्ट इलेक्ट्रिक गाडीको घोषणा गरेको छ। निसान माइक्राको सफलतापछि यो कार ल्याउन लगिएको हो। सुरुमा यो कार इलेक्ट्रिक अवतारमा ल्याएर युरोपेली बजारमा बिक्री गरिने भएको छ । 

यो सानो साइजको इलेक्ट्रिक कार फ्रान्सको निसान कारखानामा बनाइने र  निकै किफायती हुने कम्पनीले बताएको छ । किफायती भएकाले भारत लगायत नेपालमा  पनि आउन सक्ने कम्पनीले जनाएको छ। 

जापानी ब्रान्डले यो नयाँ इलेक्ट्रिक गाडी निसानको एम्बिशन २०३० भिजनको एक हिस्सा भएको बताएको छ । बाँकी ईभीहरूमा  निसान आरिया, नयाँ इलेक्ट्रिक क्रसओभर, नयाँ काशकाई र  एक्स–ट्रेल समावेश छन्।

यो कम्प्याक्ट ईभी निसानद्वारा डिजाइन गरिएको हो र रेनोले उत्पादन गर्नेछ। जसले सीएमएफ सी–ईवी प्लेटफर्ममा यो इलेक्ट्रिक कार निर्माण गर्नेछ। यस प्लेटफर्मको साथ, दुवै कम्पनीहरूलाई आफ्ना उत्पादनहरूलाई फरक र अद्वितीय शैली दिन सजिलो छ। कम्पनीले २०३० रोडम्यापमा धेरै सहकार्य पनि बनाएको छ।

प्रतिक्रिया दिनुहोस