
गलकोट । गाउँ छाडेर जापान जाने गलकोटे युवाहरूको जमातका बीच एक युवाले जापानको बसाइ छोट्याएर गाउँ फर्केर बाख्रापालनमा लागेका छन । गलकोट नगरपालिका–५ भैँसे बाँसबारीका रमेश बस्नेत आठ वर्षको जापान बसाइ टुङ्ग्याएर बाख्रापालन व्यवसाय थालेका हुन ।
गाउँका युवाको लहैलहैमा जापान पुगेका उनी अहिले पसन गाउँमै फर्केर पेशा व्यवसायमा रमाउन थालेका हुन। आठ वर्ष अगाडि विद्यार्थी भिसामा जापान पुग्नुभएका उहाँले त्यहाँ विभिन्न दुःखकष्ट सहनुप¥यो । विदेशमा निकै दुःख गरको उनले अहिले गलकोट–९ गल्याङमा व्यावसायिक बाख्रापालन सुरु गरेका छन ।उनले व्यवस्थित खोर बनाएर अहिले माउ बाख्रा र पाठापाठीको व्यवस्थापन गर्दै छन । व्यवसायी बस्नेतले प्रविधिक शिक्षा हासिल गरे पनि पेशा भने किसानको अँगाल्नुभएको छ । पोखरा इञ्जीनियरिङ कलेजबाट डिप्लोमा इञ्जीनियरिङ अध्ययन गरको उनले पढाइ र पेशा भन्ने विषय फरक भएको बताउछन ।
“पढाइ र पेशा भन्ने विषय हाम्रोजस्तो मुलुकमा नितान्त फरक छ, पढाइअनुसारको जागिरको ग्यारेन्टी छैन, दुःख गरेर पढ्यो, कि त विदेशिनुपर्छ कि अरु कुनै पेशा समात्नु पर्छ”, उनले भने, “ म इञ्जीनियर हुँ, यसअनुसारको जागिर पाउन मुस्किल पर्छ ।”
उनले गल्याङगाउँमा रु ६० लाख लगानीबाट बोयरजातका बाख्रापालन व्यवसाय सुरु गरेका छन । उनको फार्ममा अहिले साना–ठूला गरी ३३ बाख्रा छन् । बाख्रापालनमा भविष्य खोजिरहनुभएका ३२ वर्षीय बस्नेत डिप्लोमा इञ्जीनियरिङ अध्ययनपश्चात विदेश जाएका थिए ।
फार्म स्थापना गरेको ठाउँ बाख्रापालनका लागि अति उपयुक्त छ र घाँसपातको राम्रो व्यवस्था भएको उनको भनाइ छ । उनले भने “ विदेशमाजस्तो दुःख गाउँ गरे यहाँ पनि मनग्य आम्दानी गर्न सकिन्छ । ” बताउनुहुन्छ । व्यवसायी बस्नेतले आफू सुरुमा साथीहरूको लहलहैमा लागेर जापान गएको जनाउँदै अब आफू गाउँमै उद्यमी बन्ने बताउछन ।
प्रतिक्रिया दिनुहोस