aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

चिलिमे जलविद्युतले ६ महिनामा कमायो ४० करोडभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ माघ २०७८
चिलिमे जलविद्युतले ६ महिनामा कमायो ४० करोडभन्दा बढी नाफा

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म चिलिमे जलविद्युत कम्पनी लिमिटेडले रू. ४० करोड १२ लाखभन्दा बढी खुद नाफा गरेको छ । आइतवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार यस वर्ष गत वर्षको तुलनामा २ दशमलव २४ प्रतिशत बढी यो नाफा भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३९ करोड २४ लाखभन्दा बढी खुद नाफा गरेको थियो । 

यस वर्ष कम्पनीको सञ्चालन नाफा ५ दशमलव ६० प्रतिशत कम भएको छ । गत वर्ष रू. ४५ करोड १३ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ४२ करोड ६० लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी २ दशमलव ३५ प्रतिशत कम भएकाले सञ्चालन नाफा घटेको हो । 

गत वर्ष रू. ६३ करोड ९९ लाखभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ६२ करोड ४८ लाखभन्दा बढी मात्र यो आम्दानी गरेको हो । गत वर्ष सञ्चालन नाफामा कमि आएपनि कम्पनीको वित्तीय आम्दानी साढे ७५ प्रतिशत बढी भएकाले खुद नाफामा बृद्धि भएको हो । गत वर्ष रू. ५ करोड २० लाखभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ९ करोड १२ लाखभन्दा बढी यो आम्दानी गरेको हो ।

७ दशमलव ५० प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरी रू. ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार पु¥याएको कम्पनीको रिटेन्ट अर्निग रू. ३ अर्ब २७ करोडभन्दा बढी रहेको छ । गत वर्षको तुलनामा रिटेन्ड अर्निग ७ दशमलव ६४ प्रतिशत घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको रिटेन्ड अर्निग रू. ३ अर्ब ५५ करोडभन्दा बढी थियो । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ७७ र प्रतिशेयर नेटवर्थ रू. १४८ दशमलव ५७ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस