काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले ८५ लाख ४९ हजार रुपैयाँ खुद नाफा गरेको छ । आइतवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा यस वर्ष ३९ दशमलव १८ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ४० लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको आम्दानी करिब २ प्रतिशत बढेको छ भने वित्तीय खर्च करिब ३२५ प्रतिशत बढी भएको छ । वित्तीय खर्च बढेकाले कम्पनीको सञ्चालन नाफा करिब ५ प्रतिशत घटेको छ । गत वर्ष ५ करोड ४५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीको यो आम्दानी यस वर्ष ५ करोड ५५ लाख रुपैयाँभन्दा बढी छ । त्यस्तै गत वर्ष १४ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कमपनीले यस वर्ष यो शिर्षकमा ६१ लाख रुपैयाँभन्दा बढी खर्चिएको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी छ । गत वर्ष ३२ करोड ४७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष सुधारिएर २६ करोड ८ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४२ दशमलव ३७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११८ दशमलव ८२ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस