
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको १९औं वार्षिक साधारण सभा फागुन ११ गते हुने भएको छ । सभा एलआईसी शिक्षालय हल नस्काल काठमाडौमा बिहान ११ः१५ बजे शुरु हुने जानकारी गराएको हो ।
सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी सभाले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको कुल १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधाधरण शेयरमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पारीत गर्नेछ ।
त्यसैगरी सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७÷७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ २४ गते देखि फागुन ११ गते सम्म बन्द गर्ने जानकारी गराएको छ ।
यस आधारमा माघ २३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कारोना महामारीका कारण सभा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस