aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्राइम लाइफ इन्स्योरेन्सलाई १० हजार जरीवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ माघ २०७८
प्राइम लाइफ इन्स्योरेन्सलाई १० हजार जरीवाना

काठमाडौ । बीमा समितिले समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेका कारण प्राइम लाइफ इन्स्योरेन्सलाई १० हजार रुपैयाँ  जरिवाना गर्ने निर्णय गरेको छ ।

समितिबाट प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षण हुँदा सो कम्पनीले सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हित विपरित नक्कली बीमालेख जारी हुन गएको र वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बीमा नगरेको देखिएकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई १० हजार जरिवाना गर्ने निर्णय गरिएको हो ।
 

प्रतिक्रिया दिनुहोस