aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ज्योति लाईफ इन्स्योरेन्सको दोस्रो त्रैमाससम्मको खुद नाफा १३ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ माघ २०७८
ज्योति लाईफ इन्स्योरेन्सको दोस्रो त्रैमाससम्मको खुद नाफा १३ करोडभन्दा बढी

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ करोड ४० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा १० करोड ७८ लाख रुपैयाँभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा २४ दशमलव २३ प्रतिशत बृद्धि भएको हो ।

 यस वर्ष कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष यस अवधिमा १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क कम्पनीले आर्जन गरेको थियो । यस वर्ष गत वर्षभन्दा १८ दशमलव ६२ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गर्न कम्पनी सफल भएको हो । यस वर्ष कम्पनीले  १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । 

यो रकम गत वर्ष ३ करोड १ लाख रुपैयाँभन्दा बढी मात्र थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले ३७९ दशमलव ५६ प्रतिशत बढी कुल दाबी भु्क्तानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । कम्पनीले यस वर्ष अघिल्लो आर्थिक वर्ष ०७६÷७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

उक्त प्रस्ताव कम्पनीले फागुन ६ गतेको वार्षिक साधारण सभाबाट पारित गर्दैछ । कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ५१ प्रतिशत बढी रू. ७२ करोड ९० लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा  ५ अर्ब १४ करोड ४४ लाखभन्दा बढी छ । 

गत वर्षभन्दा ७६ दशमलव ३० प्रतिशत बढी यस वर्ष कम्पनीले बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ । गत वर्ष ३९ करोड ९९ लाख रुपैयाँभन्दा बढी यो कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष ५६ करोड ४५ लाख रुपैयाँभन्दा बढी प्रवाह गरेको हो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ दशमलव १८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ  १३६ दशमलव ८८ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस