काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले ७ करोड ४९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । सोमवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षको भन्दा यस वर्ष कम्पनीको खुद नाफा १० दशमलव १० प्रतिशत बढी भएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले ६ करोड ८० लाख रुपौयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा १३ दशमलव ८६ प्रतिशत बृद्धि भएको छ । गत वर्ष ८ करोड ७९ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १० करोड १ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको हो ।
गत वर्षभन्दा २ दशमलव ११ प्रतिशत बढी ४ करोड २ लाख रुपैयाँ विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीको कुल आम्दानी १७ प्रतिशत बढेको छ । गत वर्ष ९ करोड ५७ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ११ करोड २१ लाख रुपैयाँभन्दा बढी गरेको हो ।
हकप्रद र बोनस शेयर मार्फत पूँजी बृद्धि गरी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँ पु¥याएको कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा ६ दशमलव ३३ प्रतिशत कम १३ करोड ५२ लाख रुपैयाँ कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ८ दशमलव ६६ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ दशमलव ८२ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस