aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आईएमई लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो ‘मास्कट’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ माघ २०७८
आईएमई लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो ‘मास्कट’

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाईक पुगेको छ । उक्त सबै लाईक आफ्ना कर्मचारी, अभिकर्ताहरु, ग्राहकहरु तथा हितैषीहरुको सामूहिक प्रयासबाट प्राप्त अग्र्यानिक लाईक मात्र बाट सम्भव भएको कम्पनीले जनाएको छ । 

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आईएमई लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरेका छन् । अबको युग डिजिटल प्रविधि उन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधि मार्फत गर्ने कम्पनीको लक्ष रहेको हुनाले त्यसै अनुरुपको सन्देस दिन कम्पनीको मास्कट पनि रोबोट तथा मानवको हाइब्रिड स्वरुपमा लिएर आएको पनि उनले बताए ।  

डिजिमी नाम दिएर सार्वजनिक गरिएको उक्त मास्कटले भविष्यमा ग्राहकहरु तथा अन्य सर्वसाधारणहरुसँग आईएमई लाइफ इन्स्योरेन्स कम्पनिको प्रतिनिधिको रुपमा सम्वाद गर्ने कुरा समेत कम्पनीद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।  
 

प्रतिक्रिया दिनुहोस