aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

'भटमास चिउरा खाएर, सुकुम्बासीलाई लालपूर्जा दिएरै छाड्छौ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ माघ २०७८
'भटमास चिउरा खाएर, सुकुम्बासीलाई लालपूर्जा दिएरै छाड्छौ'

चितवन । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भटमास चिउरा खाएर, सुकु्म्बासीको घरमा बसेर लालपूर्जा प्रदान गरिने बताउनुभएको छ ।  सोमबार भरतपुरको विभिन्न सुकुम्बासी संघ संस्थाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा अध्यक्ष  तिमलसिनाले सो कुरा बताएका हुन ।

सुकुम्बासी वस्ती रहेको भरतपुरको वडा नम्बर ११ र २ का स्थानीयहरुलाई सम्बोधन गर्दै उहाँले सुकुम्बासीहरुलाई  लालपूर्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको उनको भनाई थियो । 

यसअघिको सरकारले सुकुम्बासीलाई जग्गा वितरण गर्ने भन्दै आँखामा छारो हाल्ने काम गरेको भन्दै उहाँले अब भने वास्तविक सुकुम्बासीले केही दिनभित्र सेतो नभई रातो लालपूर्जा पाउने प्रतिवद्धता व्यक्त गरे ।

केपी ओली नेतृत्व सरकारले संसद विघटन गरी निर्वाचन मिति घोषणा गरेर भूमि समस्या समधान आयोग निर्माण गरी चौतर्फी भ्रम छरेको उनको भनाई थियो ।  अध्यक्ष तिमलसिनाले निर्वाचन घोषणा भएपछि आचारसंहिता लागू हुने र त्यसबीचमा लालपूर्जा वितरण गर्न नमिले पनि आफ्ना कार्यकर्ता पोषाउन आयोग गठनको नाटक मञ्चन भएको आरोप लगाए ।

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सुकुम्बासीहरुलाई लालपूर्जा वितरण निर्देशन दिनुभएसँगै आफू यो काम फत्ते पार्न जुटेको उहाँले जानकारी दिए ।

 लामो समयदेखि आफू सुकुम्बासीको हकहितमा काम गर्दै आई रहेकाले यस पटक भने लालपूर्जा दिलाएरै छाड्न कुनै पनि कसुर बाँकी नराख्ने उनको भनाई थियो ।  जिल्लामा रहेका सुकुम्बासीलाई ३ चरणमा वर्गीकरुण गरी लालपूर्जा वितरण गर्न लागिएको छ ।

आयोगले दलित सुकुम्बासी, भूमिहिन सुकुम्बासी र अव्यवस्थित गरी लालपूर्जा वितरण गर्न लागिएको छ । सुकुम्बासी समस्या समधान गर्न भन्दै सरकारले यसअघि १७ वटा आयोग गठन गरेपनि सुकुम्बासीहरुले लालपूर्जा पाउन सकेका छैनन ।  जिल्लामा करिब ५० हजार सुकुम्बासी रहेका छन् । सोही अवसरमा उहाँलाई खादा लगाएर सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस