काठमाडौं । दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६.५२ रुपैयाँ प्रति लिटरले वृद्धि गरेको हो । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो। उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ । सरकारले तोकेको समर्थन मूल्यका आधारमा १३.१७ प्रतिशतले दूधको मूल्य वृद्धि हुने छ
उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ । उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ। किसानले दूध उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडले दूधको लागत मूल्यसमेत नउठेको जनाउँदै मूल्यवृद्धिका गरेको अनुरोधपछि अध्ययनका लागि समिति गठन गरेको थियो। द्यग्ध विकास बोर्डले यसअघि एउटा संस्थाबाट गराएको अध्ययनअनुसार किसानको लगानीअनुसार हालको मूल्यमा छ रुपैयाँदेखि १० रुपियाँ मूल्य वृद्धि गर्नुपर्ने सुझाव दिएको थियो । हाल दूधको मूल्य प्रतिलिटर ५० देखि ७० रुपैयाँ रहेको छ ।
तीन वर्षदेखि दूधको मूल्य वृद्धि भएको थिएन । यो बीचमा हरेक कुराको मूल्य वृद्धि भएको छ तर दूधको मूल्य वृद्धि नभएकाले तत्कालै त्यसको मूल्य वृद्धि हुनुपर्ने डेरी उद्योगी तथा किसानको माग छ तर यसमा उद्योगी र किसानको मूल्य फरकफरक प्रस्ताव भएको छ । हालको मूल्यमा डेरी उद्योगीले प्रतिलिटर १० रुपैयाँ र किसानले प्रतिलिटर १६ रुपैयाँ वृद्धि गरेर दूधको मूल्य निर्धारण गर्नुपर्ने प्रस्ताव गरिएको डेरी एसोसिएसनले दिएको थियो ।
अध्ययन गरेको जिल्लामा दूध उत्पादनको प्रतिलिटर औसत दाना खर्च २५.०७ रुपैयाँ रहेको छ । सबभन्दा बढी प्रतिलिटर दानामा खर्च गर्ने जिल्ला बाँकेमा ३३.८९ रुपैयाँ र काभ्रेमा २०.३३ रुपैयाँ हुने गरेको छ । सप्तरीमा २०.९६, इलाममा २१.१५, चितवनमा २३.२१, कैलालीमा २४.५९, रुपन्देहीमा २४.६०, मोरङमा २५.०० प्रतिशत, सर्लाहीमा २६.४४, कास्कीमा ३१.०० र सुर्खेतमा ३३.८९ रुपैयाँ दानामा खर्च हुने गरेको अध्ययनले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस