aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पाँच दिने एक्स चेज्ज कार्यक्रम सन्चालन गर्दै एस.एल.आर टेक्नो एण्ड ट्रेड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ माघ २०७८
पाँच दिने एक्स चेज्ज कार्यक्रम सन्चालन गर्दै एस.एल.आर टेक्नो एण्ड ट्रेड

काठमाडौं । मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड टे«डले यही माघ १९ गते देखि लागू हुने गरी ५ दिने एक्स चेज्ज सन्चालन गर्ने भएको छ । उपत्यका भित्रका सबै शोरुमहरुमा लागू हुने गरी उक्त कार्यक्रममा कम्पनीले यस पटक पुरानो वाइकको बजार मूल्यांकनमा थप २० हजार रुपैयाँ  भएको छ । यस अघि कम्पनीले थप मुल्यांकनमा १५ हजार रुपैयाँ  दिने गरेको थियो । 

यसका साथै उक्त पाँच दिने कार्यक्रम एक्स चेज्ज नगरी नगदमै मोटरहेडका वाइक खरीद गर्दा १)० हजार रुपैयाँ छुट र फाइनान्स खरीदमा ८ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ । उपत्यका भित्र कम्पनीको ५ ठाउँमा शोरुम रहेको छ धोविघाट, सल्लाघारी, टेकु, चावहिल र बालाजुमा रहेको शोरुमहरुबाट आफूले पाइक पर्ने गरी यो अफरको फाइदा लिन सकिने कम्पनीले जनाएको छ । 
बजारमा राम्रो प्रवेश गर्न सफल यस ब्राण्डका हाल ७ मोडल रहेका छन्, जसमा अफ रोड राइडका लागी स्पोर्ट–२५०, एक्स टक्वी–२५०, एकएच २०० एक्स र रोड अफरोड दुवैलाई हुने गरी टेकेन २५०, टेकेन २५० आर न्यु एडिसन, एमएच १५०आर र स्क्याबलर रहेका छन् । मोटरहेडका वाइकहरुको मूल्य ३ लाख ५ हजार रुपैयँ देखि ४ लाख ५५ हजार रुपैयाँ सम्मका रहेका छन् । कम्पनीले बिक्रिलाई सहज बनाउन र ग्राहकलाई सजिलो महसूस गराउन विभिन्न रिकण्डिसन र फाइनान्सहरुसंग सहकार्य गरी अघि बढेको जानकारी कम्पनीले दिएको छ ।

 यसका साथै बिक्रि पछिको सेवालाई सवल र सहज बनाउन आवश्यीकीय तालिम दिलाई विभिन्न ठाउँमा आधिकारीक मर्मत केन्द«हरुको स्थापना गर्दै गरेको जानकारी दिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस