
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । लेखा र राजस्व समूहबाट १४ जना उपसचिवको बढुवाको सिफारिस गरेको हो । मन्त्रालयको बढुवा समितिको मंगलबारको बैठकले मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले राजस्व समूहबाट बढुवा अनिलप्रसाद श्रेष्ठ, खगेन्द्र खड्का र टीकाराम गैरे रहेका छन् । भने लेखा समूहबाट विनोद भट्टराई, नारायणप्रसाद दाहाल, हरिहर आचार्य, खिमप्रसाद अर्याल, श्रीराम दाहाल, रामभक्त रानाभाट, ध्यानकुमार राई, धर्मभक्त बस्याल, बद्रिप्रसाद अर्याल, शरणहरि लुईँटेल र तीर्थराज ओझालाई उपसचिवमा बढुवा सिफारिसमा परेका छन ।
प्रतिक्रिया दिनुहोस