aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

१५ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० माघ २०७८
१५ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं ।  लेखापरीक्षण समूहका १५ जना शाखा अधिकृत उपसचिवमा बढुवा गर्न सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बुधबार बसेको बढुवा सिफारिस बैठकले जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर बढुवा सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिसमा नाम परेकाहरुमा उमेश सुवेदी, ताराध्वज सुनुवार, मोहनप्रसाद भट्टराई, रमेश पुरी, वनमाली पौडेल, कृष्णप्रसाद शर्मा रेग्मी र जीवनकुमार मल्ल पनि बढुवा सिफारिसमा परेका छन् । यसअघि सामान्य प्रशासन, लेखा र राजस्व समूहका अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस भइसकेका छन् । त्यस्तै, डोरमणि घिमिरे, विश्वम्बर श्रेष्ठ, सुन्दर भुजेल, किशोर पोखरेल, ठाकुरप्रसाद न्यौपाने, शैलेन्द्रकुमार भुसाल,कृष्णहरि दाहाल र पार्वती कँडेल बढुवामा परेका छन् । 
 

प्रतिक्रिया दिनुहोस