aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एशियन लाइफसहित तिन कम्पनीको साधारण सभा शुक्रवार हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० माघ २०७८
एशियन लाइफसहित तिन कम्पनीको साधारण सभा शुक्रवार हुँदै

काठमाडौं । तिन छुट्टाछुट्टै कम्पनीले शुक्रवार साधारण सभा आयोजना गरेका छन् । एशियन लाइफ इन्स्योरेन्स,प्रिमियर इन्स्योरेन्स कम्पनी र ग्रीन लाइफ हाइड्रोपावरले साधारण सभा आयोजना गरेका हुन । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले साधारण  सभा माघ २१ गते शुक्रवार कम्पनीको प्रधान कार्यालय मैतीदेबीमा  गर्ने जानकारी गराएको हो ।  

सभाले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा  माघ ११ गते मंगलवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

त्यसैगरी प्रिमियर इन्स्योरेन्स कम्पनीले शुक्रवार प्रिमियर भवन काठमाडौंमा बिहान ११ बजे साधारण सभ ा शुरु गर्ने जानकारी गराएको हो । सभाले १४ दशलमव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितीलाई प्राप्त गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ ५ गते देखि २१ गते सम्म जानकारी गराएको छ । 

यस आधारमा माघ ४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यसैगरी ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले शुक्रवार आम्रपाली ब्याक्वेट काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखोपरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ ५ गते देखि २१ गते सम्म शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने जानकारी दिएको छ । यस आधारमा माघ ४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । कोरोना सक्रमणका कारण साधारण सभा यी तिनै कम्पनीले भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस