aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आजदेखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बिक्री खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ माघ २०७८
आजदेखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज शुक्रबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो ।  

कम्पनीले कुल कित्ता आईपीओ मध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरेको छ । यी वाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासन गरिएको छ ।   

यो आइपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । आवेदकहरुले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  

प्रतिक्रिया दिनुहोस