aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आइएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते बुक क्लोज गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ माघ २०७८
आइएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते बुक क्लोज गर्ने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले ४० प्रतिशत आर्थात १०ः४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि बुक क्लोज मिती तय गरेको हो । 

यस आधारमा माघ २७ गते सम्म कायम शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले रू. १ सय अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस