aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेप्सेले गर्यो शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ माघ २०७८
नेप्सेले गर्यो शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले निष्कासन गर्न लागेको ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

 कम्पनीको बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ९८६ को आधारमा ३० प्रतिशत हकप्रद शेयरपछिको मूल्य रू. १ हजार ५५० तोकेको हो । आइतवार समायोजनमूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । शिखरले हकप्रद शेयर प्रयोजनका लागि माघ २१ गते एक दिन बुक क्लोजको मिति तोकेकाले माघ २० गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

हालसम्म कम्पनीले हकप्रद शेयर निष्कासनको मिति भने तय गरेको छैन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डले माघ ६ गते हकप्रद शेयर निष्कासनको लागि कम्पनीलाई हकप्रद शेयर निष्कासनको अनुमति दिईसकेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ७५ करोड ८५ लाख २४ रुपैयाँ हजारको आधारमा १० बराबर ३ को अनुपातमा हकप्रद शेयर विक्री गर्न लागेको हो । सो अनुपातको आधारमा कम्पनीले ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गर्नेछ । 

२०६१ साल कात्तिक २६ गतेदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले तेस्रो पटक हकप्रद शेयर विक्री गर्न लागेको हो । यस अघि २०७० साल चैतमा ५० प्रतिशत र २०७६ साल चैतमा पनि कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । कम्पनीले पहिलो पटक १७ करोड ५० लाख रुपैयाँ चुक्तापूँजीको अधारमा ५० प्रतिशत र दोस्रो चरणमा १ अर्ब ५ करोड ७३ लाख १० रुपैयाँ हजारको आधारमा ३० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस