aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

छ महिनामा रैराङ हाइड्रोपावरले कमायो ५ करोड ७९ लाख नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ माघ २०७८
छ महिनामा रैराङ हाइड्रोपावरले कमायो ५ करोड ७९ लाख नाफा

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले चालू आवको दोस्रो त्रैमास(छ महिना) मा रू. ५ करोड ७९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तलनामा ११ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ५ करोड १८ लाख नाफा कमाएकोमा थियो । 

दोस्रो त्रैमासमा  कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । सो अवधिमा कम्पनीले रैराङखोलाबाट विद्यत विक्री बापत रू.३० लाख ५० हजार र इवा खोलाबाट रू. १५ करोड ६३ लाख आम्दानी गरेको छ । त्यसैगरी दोस्रो त्रैमाससम्ममा कम्पनीको अन्य स्रोत मार्फत रू. ५ लाख ७ हजार आम्दानी भएको हो ।  

कम्पनीको चुक्ता पूँजी रू. ५६ करोड रहेको छ भने जगेडामा रू. ६ करोड ८ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू.२० दशमलव ७१ (वार्षिक) मूल्य आम्दानी अनुपात २७ दशमलव १८ गुणा, तरलता अनुपात शून्य दशमलव ६४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११० दशलमव ८७ रहेको छ । यस रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र रिडी हाइड्रोपावर सकम्पनी एक आपसमा गाभिने गरी कार्यहरु अगाडि बढाएको कम्पनीले वित्तीय विवरण मार्फत जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस