aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एशियन लाईफले लाभांश पारित गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ माघ २०७८
एशियन लाईफले लाभांश पारित गर्यो

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको तेह्रौ वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ ।  काठमाण्डौं मैतीदेवी स्थित एशियन लाईफ भवनबाट २०७८ साल माघ २१ गते शुक्रबार भच्र्युअल माध्यमबाट सम्पन्न भएको छ । 

साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतका दरले ५०,२६,९०,१८१.८५ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने र २ प्रतिशत नगद लाभांश (बोनश शेयरको कर प्रयोजनको लागी)वापत ४,०२,१५,२१४।५५ रुपैयाँ वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।  संचालक समितिको तर्फबाट अध्यक्ष दिपककुमार श्रेष्ठले पेश गरेको आ.व.२०७६÷०७७को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन गरेको छ । 

एशियन लाईफ इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लि.मा सामूहिक लगानी कोष संचालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृती लिने निर्णय पारित गरेको छ ।  कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेप्रस्ताव साधारण सभाकोे बहुमतबाट पारित भएको छ । 

साधारणसभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ ।

    २०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको२०७८ सालपौष मसान्त सम्ममा ३० अर्ब रुपैयाँ जीवनबीमा कोष र करिब ३० अर्ब रुपैयाँ लगानी तथा कर्जा रहेकोे छ । त्यसैगरी कम्पनीले आ.व. २०७८÷७९ को पौष मसान्तसम्ममा कूल  १ अर्ब ६ करोड २४ लाख रुपैयाँ प्रथम बीमा शुल्क र ३ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ४७ वटा शाखा तथा १०३ वटा उपशाखाहरुबाट जीवन बीमा सेवाप्रदान गर्दै आईरहेको छ । ग्राहकको आवश्यक्तालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २६ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस