
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९६ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १ करोड १८ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. २ करोड ३१ लाख पुगेको हो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा विद्युत विक्री बापत रू. ४ करोड ३३ लाख आम्दानी भएकोमा चालू आवकोृ सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ४९ लाख पुगेको हो । कम्पनीको नाफामा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ ।
गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) रू. ९ दशमलव ०८ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १४ दशमलव ४८ पुगेको हो । चुक्ता पूँजी रू. ३१ करोड ९९ लाख रहेको छ भने जगेडामा रू.२ करोड ३२ लाख सञ्चित गरेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३४ दशलमव ४६ गुणा,र प्रतिशेयर नेटवर्थ रू. ११४ द शमलव ७९ रहेको छ ।
प्रतिक्रिया दिनुहोस