aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रिमियर इन्स्योरेन्सको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ माघ २०७८
प्रिमियर इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको २८ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले कम्पनीको आ.व.२०७७/०७८ मा चूक्ता पुँजीको १४.२५ प्रतिशतले बोनस शेयर र ०.७५ प्रतिशतले हूने नगद लाभांश रकम बोनस शेयरको कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

कम्पनीको केन्द्रिय कार्यालय प्रिमियर भवनको सभा कक्षबाट भिडियो कन्फरेन्स् मार्फत सम्पन्न भयो । सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सूरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए । कम्पनीले आ.व. २०७७/०७८ मा कूल बीमा शूल्क १ अर्ब ९० करोड ३६ लाख ११ हजार आर्जन गरि खूद मूनाफा ३४ करोड ७९ लाख १४  हजार आर्जन गरेको छ ।   
 

प्रतिक्रिया दिनुहोस