aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ग्रीन भेन्चर्सले फागुन २ गतेदेखि स्थानियमा आईपीओ विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ माघ २०७८
ग्रीन भेन्चर्सले फागुन २ गतेदेखि स्थानियमा आईपीओ विक्री गर्ने

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्न लागेको हो । पहिलो चरणमा कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्नेछ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि उक्त कित्ता आईपीओ विक्री गर्न लागेको हो । 

यो आईपीओ छिटो अवधि फागुन १६ गतेसम्म विक्री खुला हुनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि चैत १ गतेसम्म विक्रीमा रहने जानकारी कम्पनीले दिएको छ । यो आईपीओ खरिदका लागि लक्ष्मी बैंकको मंथली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार, आयोजना स्थल र मेगा बैंकको खिजिदेम्बा तथा मंथली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

यसका साथै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । स्थानियले न्यूनतम १० कित्ता देखि अधिकतममा ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीको यस आईपीओलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने मध्यम क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस