aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लता मंगेशकरले रोयल्टीबाट मात्रै ३७० करोड कमाई गर्थिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ माघ २०७८
लता मंगेशकरले रोयल्टीबाट मात्रै ३७० करोड कमाई गर्थिन

एजेन्सी । स्वर कोकिला लता मंगेशकरको मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो । उनी ९२ वर्षकी थिइन् । मंगेशकरलाई कोभिड–१९ पोजिटिभ देखिएपछि भर्ना गरिएको थियो ।  मिडिया रिपोर्टका अनुसार लता मंगेशकरले १३ वर्षको उमेरमा संगीत क्षेत्रमा डेब्यु गरेकी थिइन् । उनको पहिलो कमाई २५ रुपैयाँ भारु थियो । 

उनको जीवनशैली एकदम सरल थियो तर उनीसँग कारहरूको ठूलो संग्रह थियो । लताको कुल सम्पत्ति करिब ३७० करोड रुपैयाँ भारु रहेको अनुमान गरिएको छ । उनको अधिकांश कमाई गीतको रोयल्टीबाट आएको थियो । यसबाहेक उनले धेरै लगानी गरेका थिए । उनी दक्षिण मुम्बईको पोश क्षेत्रमा बस्थिन । प्रभु कुञ्ज भवन लता मंगेशकर पेडर रोडमा अवस्थित छ । 

मंगेशकरसँग कारहरूको ठूलो संग्रह थियो किनभने उहाँ आफ्नो ग्यारेजमा उत्कृष्ट र स्टाइलिश कारहरू राख्न चाहान्थिन । मंगेशकरले धेरै अघि एक अन्तर्वार्तामा आफूलाई कारको धेरै मन पर्ने बताएका थिए । लताले आफूले पहिलो शेभरलेट किनेको बताएकी थिइन् । 
 

प्रतिक्रिया दिनुहोस