aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिटिजन लाइफ इन्स्योरेन्समा  आएओएस  एप सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ माघ २०७८
सिटिजन लाइफ इन्स्योरेन्समा  आएओएस  एप सुविधा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै ‘डिजिटल सिटिजन’  अभियान शुरु गरेको छ । डिजिटल सुविधा  अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्सको आइओएस एप थप सुविधा सहित अपग्रेड गरीए पस्टोरमा उपलब्ध गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स एप मार्फत कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पुर्ण बीमा योजनाहरुको विस्तृत जानकारी दिन सकिने कम्पनीले जनाएको छ । त्यस्तै, नेपालभरी रहेका सम्पुर्ण शाखा कार्यालयहरुको बारेमा जानकारी साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका विभिन्न  जानकारी पनि लिन पाउन सकिने छ । 

यस एपमा रहेको प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफुले इच्छ्याएको बीमा योजनाको बीमा शुल्क आफ्नो अवश्यक्ता अनुसारको बीमाङ्क रकम र बीमाको समय अवधिअनुसार आफै निकाल्न सक्नुहुनेछ ।

 सिटिजन लाइफ कम्पनीको अभिकर्ता बन्न ईच्छुकहरुले पनि यस एपबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागी यसएपमा विभिन्न अनलाइन भुक्तानी सेवा तथा बैंकबाट  भुक्तानीको व्यवस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस