aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अरुण भ्याली हाइड्रोपावरले अरुण काबेलीको शेयर विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ माघ २०७८
अरुण भ्याली हाइड्रोपावरले अरुण काबेलीको शेयर विक्री गर्ने

काठमाडौं  । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले आफूसँग भएको अरुण काबेली पावर कम्पनीको शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले आफूसँग भएको अरुण काबेली पावरको २२ लाख ३२ हजार ५७० कित्ता शेयर कम्पनी  तथा कम्पनीका शेयरधनीहरुको हितलाई उच्चतम प्राथमिकतामा राखी कम्पनीको वृद्धिलाई ध्यानमा राखी आवश्यकता तथा औचित्यताको आधारमा दोस्रो बजारमा विक्री गर्ने निर्णय भएको कम्पनीले जानकारी गराएको छ ।

 कम्पनीले विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृती तथा नियमनसम्बन्धी निर्देशिका २०७८ अन्तर्गत शेयर विक्री गर्न लागेको जानकारी गराएकोहो । 
 

प्रतिक्रिया दिनुहोस