aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ज्योति लाइफ इन्स्योरेन्सको आजसम्म शेयर हुनेले लाभांश पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ माघ २०७८
ज्योति लाइफ इन्स्योरेन्सको आजसम्म शेयर हुनेले लाभांश पाउने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि माघ २४ गते बुक क्लोज गर्ने भएकाले आइतवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

कम्पनीले आव २०७६/७७ को मुनाफाबाट  शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारीतका लागि कम्पनीले आगामी फागुन ६ गते साधारण सभा आयोजना गरेको छ । सभा वाटरफ्रन्ट रिर्सोट लेकसाइड पोखरा  १८ कास्कीमा साधारण सभ ागर्ने जानकारी गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस