aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ माघ २०७८
जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन

काठमाडौं । माघ २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ । सोमवारसम्म ४४ दशमलव ५७ गुणा बढी आवेदन परिसकेको यस कम्पनीले छिटो अवधि माघ २५ गतेसम्म मात्र सार्वजनिक निष्कासन गर्न लागेको हो ।

आइतवार साझ ५ बजेसम्म १७ लाख ५४ हजार ५१७ जनाले २ करोड १७ लाख ४९ हजार ४९० कित्ता शेयर खरिदको लागि आवेदन दिएको जानकारी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको छ । प्राथमिक बजारमा तीन महिनापछि निष्कासनमा आएको यस कम्पनीको आईपीओ खरिदका लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको छ ।

कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीले कुल कित्ता आईपीओ मध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरेको छ । यी वाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो । 

आवेदकहरुले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको यस आईपीओलाई इक्रा रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ । हाल लघुवित्तको चुक्ता पूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ बाँडफाँट पश्चात चुक्ता पूँजी रू. १६ करोड पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस