aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

साहस उर्जाको नाफा ३४ करोड ४२ लाखभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ माघ २०७८
साहस उर्जाको नाफा ३४ करोड ४२ लाखभन्दा बढी

काठमाडौं । साहस उर्जा लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ३४ करोड ४२ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २२ करोड ६० लाखभन्दा बढी खुद नाफा गरेको थियो । कम्पनीले गत वर्षभन्दा यस वर्ष ५२ दशमलव ३१ प्रतिशत बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको कुल आम्दानी ५१ दशमलव ९१ प्रतिशत बढी भएको छ ।

 गत वर्ष रू. २२ करोड ७७ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३४ करोड ५९ लाखभन्दा बढी यो आम्दानी गरेको हो । यसै वर्ष सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ५० करोड पुगेको छ । 

कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ६२ प्रतिशत बढी रू. १ अर्ब ७४ करोड ६९ लाख पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १९ दशमलव ६७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५० दशमलव शून्य ७ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस